चितवन: सवारी दुर्घटनामा १ जना घाईते

माघ-२४ गते, ईच्छाकामना गाँउपालिका-६ जलबिरे भन्ने स्थानमा नारायणगढबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा३ख १७७३ नम्बरको माईक्रोमा रोडमाथीबाट ढुङगा खसी माईक्रोमा लाग्दा सोही माईक्रोमा सवार जि. चितवन कालिका नगरपालिका-५ पदमपुर बस्ने अन्दाजी बर्ष ६०/६५ को बृजलाल मर्दनियाको टाउकोमा चोट लागि गम्भिर घाईते भई उपचारको लागि भरतपुर तर्फ पठाईएको, माईक्रो र  गाडी चालक प्रहरीको नियन्त्रणमा तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।