काभ्रे: सवारी दुर्घटनामा ८ जना घाईते

माघ-२३ गते,  रोशी गाउँपालिका-११ डालाबेशी स्थित बि.पि.राजमार्गमा काठमाण्डौबाट सोलुतर्फ जाँदै गरेको बा१८च ७१३५ नं. को बलेरो जिप सडकबाट अन्दाजी १५/२० फिट तल खसि दुर्घटना हुदाँ जिपमा सवार ८ जना घाईते भई धुलिखेल अस्पतालमा उपचार भईरहेको,  गाडी घटनास्थलमै रहेको, सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।