सिन्धुली: सवारी दुर्घटनामा २ जनाको मृत्यु ४० जना घाईते

माघ-२३ गते, सुनकोशी गाउँपालिका-२ कमेरेफांट स्थित बि.पि.राजमार्गमा जि. रामेछाप खांडदेबि गाउँपालिका-१ कठोरेबाट काभ्रेको तिमाल तर्फ बेहुलि लिई जांदै गरेको बा४ख ९४३८ नं. को टिपर आफै अनियन्त्रित भई रोडको साईडमा पल्टन गई दुर्घटना हुंदा उक्त गाडीमा सवार जि. काभ्रे तिमाल गाँउपालिका-९ बस्ने वर्ष २४ कृष्ण माया माझी, ऐ.ऐ. बस्ने वर्ष १६  चुनपाई लामा को मृत्यु भएको,  अन्य ४० जना मानिसहरु धुलीखेल अस्पतालमा उपचार भईरहेको, टिपर घटना स्थलमानै रहेको, चालक फरार भएकोले खोजतलास तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।