चितवन: सवारी दुर्घटनामा १ जनाको मृत्यु

माघ-२३ गते, ईच्छाकामना गाउँपालिका-४ कुरिनटार स्थितमा मुग्लिङबाट काठमाण्डौ तर्फ जांदै गरेको बा३ख ३२६९ नम्बरको बसले बिपरित दिशाबाट आउंदै गरेको लु५प ६८५६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक ऐ. लेवटार बस्ने अन्दाजी बर्ष ४०/४२ को भिम बहादुर थापा गम्भिर घाईते भई स्थानिय मेडिकल मुग्लिङमा उपचारको क्रममा मृत्यु भएको, दुबै सवारी साधन घट्ना स्थलमा नै रहेको, बस चालक प्रहरीको नियन्त्रणमा तथा आवश्यक अनुसन्धान कार्य भईरहेको ।