सिन्धुपालचोक : सवारी दुर्घटनामा १ जना घाईते

पुस-२६ गते, मिति २०७५/०९/२६ गते अन्दाजी १४:३० बजेको समयमा जिल्ला सिन्धुपालचोक मेलम्ची नगरपालिका -१२ गिराउनचौर पाल्चोकी माई क्रसर बाट गिट्टी लोड गरी गिराउनचौर तर्फ जाँदै गरेको बा ४ ख ९५५३ नं.को टिप्पर अचानक सडक बाट तल अन्दाजी १० मिटर बाँया पल्टन जाँदा उक्त टिपरको चालक जि. सिन्धपालचोक  मेलम्ची नगरपालिका - ११ बस्ने अन्दाजी २७/२८ वर्ष सुजन तामाङ घाईते भई उपचारको लागि  नेपाल मेडिकल कलेज अत्तरखेल पठाईएको, घाईतेको उपचार भईरहेको, गाडी घटना स्थलमै रहेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।