धादिङ: सवारी दुर्घटनामा ३ जना घाईते

पुस-२१ गते, बेनिघाट रोराङ गाँउपालिका-७ खटौती पुल स्थित पृथ्विलोकमार्गमा काठमाण्डौबाट बुटवल तर्फ जाँदै गरेको ना६ख ७७१९ नं. को ट्रकमा ऐ.ऐ दिशा बाट आउदै गरेको बा३ख ६१५८ नं. को माइक्रोले पछाडीबाट ठक्कर दिंदा माइक्रोमा सबार ३ जना मानिसहरु घाईते भई उपचारको लागि स्थानिय मेडिकलमा लगेकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज चितवन पठाईएको, दुबै सबारी साधन र दुबै चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।