दोलखा: सवारी दुर्घटनामा १ जनाको मृत्यु र ३ जना घाईते

पुस-२१ गते, बिगु गाँउपालिकाट-५ दुसिडांडा स्थितमा स्याँखुबाट सिंगटी तर्फ आँउदै गरेको बा५ख २६६२ नं. को ढुंगा बोकेको लोड मिनि ट्रिपर उकालो चढ्न नसकी चिप्लिएर पछाडी हटी ऐ. स्थित दुसिडांडाबाट अन्दाजी ५० मिटर तल खस्न जाँदा उक्त मिनि ट्रिपरमा सबार ४ जना मध्ये जि. दोलखा बिगु गाँउपालिका-६ बस्ने बर्ष ३० को टहल बहादुर थामीको घटनास्थल मै मृत्यु भएको र अन्य ३ जना  मानिसहरु घाइते भई उपचारको लागि सामुदायिक अस्पताल सिंगटीतर्फ पठाइएको, ट्रिपर घटनास्थल मै रहेको,  आवश्यक अनुसन्धान कार्य भईरहेको ।