चितवन: सवारी दुर्घटनामा १ जनाको मृत्यु

पुस-२० गते, भरतपुर महानगरपालिका-३ लाईन्चोक स्थितमा चौबिसकोठीबाट नारायणगढ तर्फ आँउदै गरेको ना५ख ५०६० नं. को लोकल मिनि बसले बिपरित दिशा तर्फ जाँदै गरेको बा४०प ९२०६ नं. को मो.सा. लाई ठक्कर दिंदा मो.सा. चालक जि. चितवन भरतपुर महानगरपालिका-२ वस्ने वर्ष ४४ को रविन्द्र रिजाल गम्भिर घाईते भई उपचारको लागि भरतपुर अस्पाताल भरतपुर तर्फ पठाईएकोमा उपचारको क्रममा निज घाईतेको मृत्यु भएको, बस र चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।