धादिङ: सुन सहित ३ जना मानिस पक्राउ

पुस-२० गते, मिति २०७५।०९।१९ गते अन्दाजी २१:४५ बजेको समयमा जि. धादिङ गजुरी गाँउपालिका-१ सिदेश्वर मन्दिर अगाडी बाट बिषेश सुराकीको आधारमा ३ नं. प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले गल्छीबाट गजुरी तर्फ आँउदै गरेको बा८७प ७७३१ नं. को पल्सर मो.सा. र  प्रदेश नं. ३ ०२-००३  प २५४० नं. को मो.सा. मा चढि आई रोकी हिडेको अबस्थामा जि. रसुवा उत्तरगया गाँउपालिका-३ बस्ने बर्ष २७ को  संन्जित वाईबा, जि. नुवाकोट तार्केश्वर गाँउपालिका-५ बस्ने बर्ष २२ को सुरेन्द्र तामाङ र ऐ.ऐ. बस्ने बर्ष २४ को बिकाश तामाङहरुलाई चेक जाँच गर्दा निजहरुको साथबाट १ kg / १ kg  को ४ थान जम्मा ४ kg सुन फेला परेकोले सुन सहित ३ नै जना र मो.सा. नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याई राखिएको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।