सिन्धुली: लागुऔषध सहिद २ जना मानिस पक्राउ

पुस-१९ गते, कमलामाई नगरपालिका-६ माझीटार चेकपोष्ट स्थित बि.पि. राजमार्गमा राजबिराजबाट काठमाण्डौ तर्फ जाँदै गरेको मे१ख ३०५४ नं. को उईगर गाडीमा खटीएको प्रहरी मोबाईल टोलीले  चेकजाँच गर्ने क्रममा जि. धनुषा घर भई हाल चागुनारायण नगरपालिका-९ काठमाण्डौ बस्ने नन्द लाल लामा को छोरा अन्दाजी बर्ष १८ को अर्जुन लामाको झोला बाट लागुऔषध नाईट्रोभेट २८३ पिस, नाईट्रोसन ८५ पिस र जि. काभ्रे नबबुद्द नगरपालिका-८ फुलबारी दाप्चा बस्ने यज्ञ बहादुर मगर को छोरा अदाजी बर्ष १९ को बिशाल मगर लाई लागुऔषध सहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।