धादिङ: सवारी दुर्घटनामा १ जनाको मृत्यु

मंसिर-१६ गते, थाक्रे गाँउपालिका-६ दशकिल्ला स्थित पृथ्बि लोकमार्गमा धादिङबाट काठमाण्डौतर्फ जाँदै गरेको बा३ख ८३९५ नं. को बस र बिपरित दिशाबाट आउदै गरेको बा३६प ८३५७ नं. को मो.सा. एक आपसमा ठक्कर खाँदा मो.सा. चालक जि. धादिङ गजुरी गाँउपालिका चिसापानि बस्ने बर्ष ५५ को  नारायण काजि भण्डारीको घटनास्थलमै मृत्यु भएको, सोहि मो.सा. पछाडि सवार ऐ.ऐ. बस्ने बर्ष ४२ कि धन कुमारी भण्डारी घाईते भई धार्के अस्पतालमा पठाईएको, अबस्था मध्यम, मो.सा., बस र बस चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भईरहेको ।