सिन्धुली: सवारी दुर्घटनामा १ जनाको मृत्यु र १ जना गम्भिर घाईते

मंसिर-१४ गते,  घ्याङलेख गाँउपालिका-४ गोठडाँडा स्थित ग्रामिण सडकखण्डमा ढुङगाखानि तर्फ जाँदै गरेको बा३ख ११४७ नं. को आईचर मिनिट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खोल्सामा खसि दुर्घटना हुंदा उक्त मिनिट्रकमा सवार ऐ.ऐ. बस्ने अन्दाजी बर्ष २०/२१ को राजकुमार दोङको घटनास्थलमा नै मृत्यु भएको र चालक ऐ.ऐ. बस्ने बर्ष २०/२१ को नबराज दोङ गम्भिर घाईते भई उपचारको लागि धुलिखेल तर्फ पठाईएको, मिनिट्रक र मृतक लास घटनास्थलमा नै रहेको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।