मकवानपुर: लागुऔषध गाँजा सहित मानिस पक्राउ

मंसिर-१३ गते,  हेटौडा उप-महानगरपालिका-१५ रातोमाटे चेकपोष्टमा खटीएको प्रहरी चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट बिरगंज तर्फ जाँदै गरेको ना१ज ६१११ नं. को सुमोमा भित्र सिटमुनी बोरामा लुकाई छिपाई लादै गरेको अन्दाजी २० किलो लागुऔषध गाँजा सहित जि. पर्सा बिरगंज महानगरपालिका-२ छपकैया बस्ने बर्ष २१ को बिश्वास क्षेत्रीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।