रामेछाप- सवारी दुर्घटनामा १ जानको मृत्यु र ११ जना घाईते
चैत-१८ गते, गोकुलगंगा गाँउपालिका -२ स्थित दोर्जे उकालोमा काठमाण्डौबाट रामेछापको बाम्ती तर्फ जाँदै गरेको बा.३ ख. २६९५ नं. को बस उकालो चढ्ने क्रममा अचानक ब्रेक फेल भई अनियन्त्रित हुदाँ पछाडी ब्याक भई सडकबाट अन्दाजी १५ मीटर तल खसी दुर्घट्ना हुदाँ जि. रामेछाप उमाकुण्ड गाँउपालिका-२ बस्ने अन्दाजी बर्ष १८ को सुवास गजुरेलको मृत्यु भएको र ११ जना घाईते भएको घाईतेहरुलाई प्राथामिक स्वास्थ्य केन्द्र ठोसेमा सामान्य उपचार पश्चात थप उपचारको लागी जिरि अस्पताल दोलखा लगिएको, सवारी साधन घट्नास्थलमा नै रहेको, आवश्यक अनुसन्धान भईरहेको ।

