ट्राफिक प्रहरी कार्यालय

३ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय, रामनगर चितवन

कार्यालय प्रमुख: प्रहरी उपरीक्षक नविन राज राई

                              समान्य परिचय

       trafficmugling

देश सङ्घीय संरचनामा गएलगत्तै नेपाल प्रहरीको साङ्गठनिक संरचनालाई समेत पुनरावलोकन गर्ने सन्दर्भमा श्री गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) बाट मिति २०७४।१२।२९ गते 'संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति' को गठन भयो सो समितिबाट बुझाइएको प्रतिवेदन 'संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७५’ बमोजिम पेश गरिएको नेपाल प्रहरीको पुनः संरचनामा हुने जनशक्ति विवरण, संगठनात्मक संरचना, नयाँ स्थापना हुने प्रहरी ईकाईहरु, समायोजन तथा स्थानान्तरण हुने प्रहरी ईकाईहरु सहितको विवरण समेटिएको प्रतिवेदनलाई नेपाल सरकार (मन्त्री परिषद्) ले मिति २०७५।०२।२७ गतेको बैठकबाट स्वीकृत गरे सँगै ३ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय, मुग्लिङ चितवनले नयाँ कार्यालयको रुपमा स्थापित हुने मौका पाएको हो । सो कार्यालय स्वीकृति सँगै प्रहरी उपरीक्षकको कमाण्डमा ३६ जनाको दरबन्दी कायम गरिएको छ । काठमाण्डौं, भक्तपुर, ललितपुर बाहेक जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, मकवानपुर, धादिङ्, काभ्रेपलाञ्चोक, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा र ३ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवन समेत  प्र.उ. १, प्र.ना.उ. १, प्र.नि. ६, प्र.ना.नि. १२, प्र.स.नि. २७, प्र.ह. ४७, प्र.ज. ११३ र प्र.का.स ६ गरी जम्मा २१३ जना ट्राफिक प्रहरीको दरबन्दी निकासा भएको छ ।

कार्यालयको वर्तमान भौतिक पुर्वाधार तथा स्रोत साधनको अवस्थाः-

आफ्नै कार्यालय भवन भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुः-

  • जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ्
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोट
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवा ( निर्माणाधिन)

आफ्नो भवन नभई भाडामा बस्दै आएका ट्राफिक कार्यालयहरुः-

  • ३ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवन ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुली ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोक ।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखा ।

यस कार्यालय तथा मातहत जिल्ला ट्राफिकहरुमा १ थान स्काभेटर, १ थान रोलर, १ थान र्‍याकर(बेचालु), जिप/पिकप ९ थान, मो.सा. १८ थान गरी जम्मा ३० वटा सवारी सवारीसाधनहरु रहेका छन् ।

कार्य क्षेत्रः-

नेपालको संविधान २०७२ ले नेपाललाई सातवटा प्रदेशमा बिभाजित गरेको मध्ये ३ नं प्रदेश पनि एक पर्दछ । यस भन्दा पहिला ५ बिकास क्षेत्र अन्तर्गत मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले प्रत्यक्ष रुपमा निर्देशित तथा अनुगमन गर्दै आएकोमा नेपालको संविधान २०७२ जारी भए पश्चात ३ नं प्रदेश अन्तर्गतका काठमडौं, भक्तपुर, ललितपुर, बाहेक अन्य १० जिल्लाहरु मकवानपुर, चितवन, धदिङ, काभ्रे, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली प्रत्यक्ष रुपमा निर्देशित र अनुगमन गर्ने गरी यस कार्यालय को कार्यक्षेत्र पर्दछ। जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १, रामनगर चितवनमा स्थापना भई आफ्नो जिम्मेवारी वहन गर्दै आएको छ।

३ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय, चितवन अन्तर्गतका कार्यालयहरुबाट भएका ट्राफिक गतिविधिहरु:-

            download 4

           download 3

           download 2